क्रिकेट

टी-ट्वान्टी सिरिजः मलेसियाविरुद्ध नेपालको हार

इकागज |
जेठ १५, २०८० सोमबार ११:१६ बजे

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिम पराजित भएको छ । मलेसियाले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य मलेसियाले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मलेसियालाई जित दिलाउन वान जुलिया रोस्दीले १३ रन जोडिन् । आईना हसिमले अविजित १२ रन बनाइन् ।


नेपालका लागि कप्तान रुविना क्षेत्री र सिता राना मगरले २-२ विकेट हात पारे । कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि वाईएसडी यूकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर ५ बलमा सबै विकेट गुमायो । नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योती पाण्डेले ११ रन जोडे ।

कप्तान रुविना क्षेत्री २ रनमा आउट हुँदा सिता राना मगर, कविता कुँवर र अप्री बेगम शून्य रनमै पभेलियन फर्किए । मलेसियाका लागि निक नुरले ३ तथा आइना हसिम, महिरह इस्माइल र आस्या एलिसाले २-२ विकेट हात पारे ।


Author

थप समाचार
x