क्रिकेट

आईपीएलः आज पनि फाइनल खेल भएन भने के हुन्छ ?

इकागज |
जेठ १५, २०८० सोमबार ९:१३ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीचको फाइनल खेल आज हुने भएको छ ।

यसअघि आइतबारका लागि तय भएको फाइनल खेल बर्षाका कारण हुन नसकेपछि खेल ‘रिजर्भ डे’ मा खेलाइने भएको हो । आइतबार राति बर्षाका कारण टस समेत हुन सकेको थिएन ।


गुजरात र चेन्नईबीचको फाइनल खेल नेपाली समयअनुसार आज साँझ ७:४५ बजेबाट सुरु हुनेछ । तर खेलस्थल अहमदाबादमा आज पनि पानी पर्ने सम्भावना रहेका कारण खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

फाइनल खेलको निर्धारित २० ओभर खेल हुन स्थानीय समयअनुसार राति ९:३५ बजेबाट सुरु हुनुपर्नेछ । यदि पाँच ओभरको मात्र खेल हुने हो भने राति १२:०६ बजेबाट सुरु हुनुपर्नेछ ।

यदि त्यो पनि सम्भव नभए सुपर ओभरबाट विजेताको टुंगो लगाइनेछ । सुपर ओभर पनि सम्भव नभए लिग चरणमा सर्वाधिक अंक जोडेको आधारमा गुजरातले उपाधि जित्नेछ ।


Author

थप समाचार
x