क्रिकेट

आईसीसी पुरुष क्रिकेट विश्वकप

रोहितको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा

इकागज |
जेठ १४, २०८० आइतवार २१:४२ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपालको टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघले आइतबार राति रोहित पाैडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल आयोजक जिम्बाब्वेविरुद्ध जुन १८ तारिखमा खेल्ने छ । समूह ‘ए’ मा जिम्बाब्वेसँगै नेपाल, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका पनि रहेका छन् ।


नेपालले समूह चरणको दोस्रो खेल अमेरिकाविरुद्ध जुन २०, तेस्रो खेल टेस्ट राष्ट्र तथा दुई पटकको विजेता वेस्ट इन्डिजसँग जुन २२ तथा चौथो खेल नेदरल्यान्ड्ससँग जुन २४ मा खेल्ने तालिका रहेको छ ।

छनोटको समूह ‘बी’ मा भने श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् । विश्वकप छनोटबाट दुई टोलीले भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालको टोली :

 


Author

थप समाचार
x