क्रिकेट

फेयर ब्रेक क्रिकेटका लागि रुविना र सिता हङकङतर्फ

इकागज |
चैत १७, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ- हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल क्रिकेटका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सिता राना मगर हङकङ प्रस्थान गरेकी छन् ।

अप्रिल ३ तारिखबाट सुरु हुने प्रतियोगिताका लागि रुविना र सिता शुक्रबार हङकङतर्फ प्रस्थान गरेकी हुन् । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।


रुविनाले द बर्मी आर्मीबाट खेल्नेछिन् । सिता राना मगरले भने साविक विजेता द टोर्नाडोजका लागि खेल्नेछिन् ।

 


Author

थप समाचार
x