क्रिकेट

टी-ट्वान्टी वरीयतामा दिपेन्द्र १४ औँ, एकदिवसीयमा सन्दीप २२ औँ स्थानमा

इकागज |
चैत १५, २०७९ बुधबार १४:३० बजे

काठमाडौँ- आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ५७ औँ स्थानमा यथावत रहेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार कुशल ५७ औँ स्थानमा रहेका हुन् ।

दिपेन्द्र सिंह ऐरी भने ६१ औँ स्थानमा यथावत छन् । बलिङतर्फ सन्दीप लामिछाने ७० औँ स्थानमा यथावत रहँदा अविनाश बोहरा एक सयौ स्थानमा छन् ।


अलराउन्डतर्फ दिपेन्द्र सिंह ऐरी १४ औँ स्थानमा रहेका छन् । ओमानका जिसन मक्सुद पनि १४ औँ स्थानमा छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियको ब्याटिङतर्फ रोहित कुमार पौडेल ५८ औँ तथा आशिफ शेख ६७ औँ स्थानमा छन् भने बलिङतर्फ सन्दीप लामिछाने २२ औँ, दिपेन्द्र सिंह ऐरी ५३ औँ तथा सोमपाल कामी ६९ औँ स्थानमा यथावत रहँदा करण केसी एक स्थान तल ९५ औँ स्थानमा छन् ।


Author

थप समाचार
x