क्रिकेट

मेयर कपको फाइनलमा कोशी र एपीएफ भिड्ने

इकागज |
चैत १४, २०७९ मगलवार १६:२९ बजे

काठमाडौँ - ललितपुर मेयर महिला च्याम्पियनसिप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा कोशी र एपीएफबीच प्रतिष्पर्धा हुने भएको छ । 

मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्र्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।  कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो । मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् ।


कोशीका लागि कप्तान रुविना क्षेत्री, अलिशा खडियाले समान २२ तथा निशा शाहले १ विकेट हात पारिन् । त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो । 

त्यस्तै मंगलबार नै टियु मैदान कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले ललितपुर ११ लाई ३७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  एपीएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ७३ रन बनायो । 

 त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । प्रतियोगीताको फाइनल चैत्र १६ गते हुनेछ । 


Author

थप समाचार
x