क्रिकेट

एसीसी प्रिमियर कपको ड्र सार्वजनिक : पहिलो खेलमा नेपाल र मलेसिया भिड्ने

इकागज |
चैत ९, २०७९ बिहीबार १६:३४ बजे

काठमाडौँ–एसियन क्रिकेट काउन्सिल(एसीसी)ले नेपालमा आयोजना हुन लागेको एसीसी प्रिमियर कपको ड्र सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल वैशाख ५ मा नेपाल र मलेसियाबीच त्रिवि क्रिकेट मैदानमा  हुनेछ । 

दश देश सम्मेलित खेल बैशाख १८ गतेसम्म चल्नेछ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।


समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन्  भने समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । समुहका विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन् ।

एसीसी प्रिमियर कपको विजेता टिमले २०२३ मा पाकिस्तानमा हुने एसीय कप खेल्न पाउने छ । शीर्ष तीनमा रहने टोली भने एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन् । कुल २४ वटा खेल हुने उक्त प्रतियोगिता नेपालको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदनामा हुनेछ । 


 


Author

थप समाचार
x