क्रिकेट

नेपालका दुई ब्याट्सम्यान तथा चार बलर एकदिवसीय वरीयतामा

इकागज |
चैत ८, २०७९ बुधवार १४:३२ बजे

काठमाडौँ- आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालका चार वलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र परेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार बलिङतर्फ सन्दीप लामिछाने २२ औँ स्थान तथा दिपेन्द्र सिंह ऐरी ५६ औँ स्थानमा यथावत रहेका छन् ।


सोमपाल कामी एक स्थान तल ६७ औँ स्थान रहँदा तथा करण केसी श्रीलंकाका जेफेरी भन्दरसे तथा नेदरल्यान्ड्सका लोगान भान बिकसँगै ९५ औँ स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ कप्तान रोहित कुमार पौडेल ५७ औँ स्थान तथा आशिफ शेख ६७ औँ स्थान यथावत रहेका छन् ।


Author

थप समाचार
x