क्रिकेट

‘भारतले अक्टोबर ५ देखि क्रिकेट विश्वकप आयोजना गर्ने’

इकागज |
चैत ८, २०७९ बुधबार ८:५४ बजे

काठमाडौँ- सन् २०२३ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकप भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजना गर्ने सम्भावना रहेको छ । क्रिकेटको अनलाइन क्रिकइन्फोका अनुसार १० टिम सहभागी हुने विश्वकपका लागि बीसीसीआईले कम्तीमा एक दर्जन रंगशालालाई सूचीमा राखेको छ ।

विश्वकपको फाइनल भने अहमदाबादमा हुने तालिका रहेको छ । त्यसबाहेक बेंग्लुरु, चेन्नई, दिल्ली, धरमशाला, गुवाहाटी, हैदराबाद, कोलकाता, लखनउ, इन्दोर, राजकोट र मुम्बईलाई सूचीमा राखिएको छ ।


४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । वर्षा मौसम भएका कारण खेल मैदान टुंगो लगाउनमा ढिलाइ भइरहेको क्रिकइन्फोले जनाएको छ ।


Author

थप समाचार
x