क्रिकेट

प्याट्रियोट्स कप क्रिकेटः पिनाकल र ओरियन्टल विजयी

इकागज |
चैत ७, २०७९ मंगलबार १७:४२ बजे

काठमाडौँ- दोस्रो प्याट्रियोट्स कप इन्टर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत पिनाकल र ओरियन्टल कलेजले जित हात पारेका छन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पिनाकलले प्राइम कलेजलाई ४८ रनले पराजित गर्‍यो ।

वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा ७२ रन पछ्याएको प्राइमले ५ विकेट गुमाएर २३ रन मात्र जोड्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिनाकलले ५ ओभरमा १ विकेट गुमाएर ७१ रन जोड्यो ।


अर्को खेलमा ओरियन्टलले पब्लिक युथ क्याम्पसलाई ८४ रनले पराजित गर्‍यो । १ सय ३९ रनको लक्ष्य पछ्याएको पब्लिक युथले १३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५४ रन मात्र बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओरियन्टलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि दिपक महतोले ५० रनको योगदान गरे ।


Author

थप समाचार
x