क्रिकेट

श्रीलंकाविरुद्धको टेस्ट सिरिज न्यूजिल्यान्डद्वारा 'क्लिन स्विप'

इकागज |
चैत ६, २०७९ सोमवार १२:२४ बजे

काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिज क्लन स्विप गरेको छ । न्यूजिल्यान्डले दोस्रो तथा अन्तिम टेस्ट एक इनिङ्स र ५८ रनले जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ४ विकेट गुमाएर ५ सय ८० रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । न्यूजिल्यान्डका लागि केन विलियम्सनले २ सय १५ रन तथा हेनरी निकोल्सले २ सय रनको योगदान गरे ।


जवाफमा श्रीलंकाले पहिलो इनिङ्समा १ सय ६४ रनमा सबै विकेट गुमाएपछि न्यूजिल्यान्डले उसलाई फलोअनका लागि पुनः ब्याटिङ गर्न लगाएको थियो ।

पहिलो इनिङ्समा श्रीलंकाका लागि पहिलो इनिङ्समा कप्तान दिमुथ करुणारत्नेले ८९ रन बनाए । न्यूजिल्यान्डका म्याट हेनरी र माइकल ब्रेसवेलले समान ३-३ विकेट हात पारे ।

दोस्रो इनिङ्समा भने श्रीलंकाले ३ सय ५८ रनमा सबै विकेट गुमायो । उसका लागि धनन्जय डी सिल्भाले ९८ रन तथा दिनेश चन्डिमलले ६२ रन बनाए । न्यूजिल्यान्डका टिम साउथी र ब्लेर टिकनरले समान ३-३ विकेट हात पारे ।

न्यूजिल्यान्डले पहिलो खेल २ विकेटले जितेको थियो ।


Author

थप समाचार
x