क्रिकेट

भारतमाथि अस्ट्रेलियाको शानदार जित

इकागज |
चैत ६, २०७९ सोमवार ९:५ बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हात पारेको छ । विशाखापटनममा आइतबार राति सम्पन्न दोस्रो खेल अस्ट्रेलियाले १० विकेटले जितेको हो ।

जितका लागि चाहिएको १ सय १८ रनको लक्ष्य अस्ट्रेलियाले ११ ओभरमै पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले अविजित ६६ रन तथा ट्राभिस हेडले ५१ रनको योगदान गरे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २६ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन जोड्यो । भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन तथा अक्सर पटेलले २९ रन जोडे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ५ विकेट तथा सिन अबोटले ३ तथा नथन इलिसले २ विकेट हात पारे ।

यसअघि पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो । सिरिज १-१ को बराबरीमा पुगेको छ । बुधबार हुने अन्तिम खेलले सिरिज विजेताको टुंगो लगाउनेछ ।


Author

थप समाचार
x