क्रिकेट

प्याट्रियोट्स क्रिकेट कप : काठमाडौँ युनिभर्सिटी, ब्ल्यूबर्ड र टेक्सस कलेज सेमिफाइनलमा

इकागज |
चैत ५, २०७९ आइतबार १६:१७ बजे

काठमाडौँ- काठमाडौँ युनिभर्सिटी, ब्ल्यूबर्ड कलेज र टेक्सस कलेज दोस्रो प्याट्रियोट्स कप इन्टर-कलेज टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन । मुलपानी क्रिकेट मैदानमा आइतबार केएफए विजनेस स्कुललाई १० विकेटले पराजित गर्दै काठमाडौँ युनिभर्सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।

काठमाडौँ युनिभर्सिटीले ३ टिम रहेको समूह ‘बी’ मा लगातार दुई खेल जित्दै सेमिफाइनल पुग्यो । उसले दोस्रो खेलमा ७५ रनको लक्ष्य ८ ओभर १ बलमा पूरा गर्‍यो । काठमाडौँ युनिभर्सिटीका लागि विशाल देवकोटाले ५१ रन तथा अर्जुन खड्काले १५ रन जोडे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केएफएले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७४ रन जोड्यो । केएफएका लागि सामन्त शाहीले २१ रन बनाए । काठमाडौँ युनिभर्सिटीका सार्थक न्यौपानेले सर्वाधिक ६ विकेट हात पारे ।

यता समूह ‘ए’ बाट भने ब्ल्यूबर्ड कलेज र टेक्सस कलेज भने अन्तिम चारमा प्रवेश गरेका छन् । आइतबारको अर्को खेलमा ब्ल्यूबर्ड कलेजले ब्रिलियन्ट मल्टिपल कलेजलाई ८ विकेटले पराजित गरेपछि ब्ल्यूबर्ड कलेजसँगै टेक्सस कलेज पनि अघिल्लो चरणमा प्रवेश गर्‍यो । ब्रिलियन्टले दुबै खेलमा पराजय भोग्यो ।


Author

थप समाचार
x