क्रिकेट

क्रिकेट लिग-२ : नेपालले अन्तिम सिरिज कीर्तिपुरमा खेल्नुअघि युएईको भ्रमण गर्ने

नेपालले ३१ दिनभित्रै १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै

इकागज |
माघ १६, २०७९ सोमवार १५:४४ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको अन्तिम दुई सिरिजमध्ये एक युनाइटेड अरब इमिरेट्स (युएई) मा खेल्ने भएको छ । त्यसैगरी लिग-२ अन्तर्गतको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिज युएईको दुबईमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म चल्नेछ ।


उक्त सिरिजअन्तर्गत नेपालले पहिलो खेल पीएनजीविरुद्ध फेब्रुअरी २७, दोस्रो खेल युएईविरुद्ध मार्च २, तेस्रो खेल पीएनीविरुद्ध मार्च ३ तथा अन्तिम खेल युएईविरुद्ध मार्च ६ मा खेल्नेछ ।

त्यसपछि मार्च ९ देखि १६ सम्म त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि युएई र पीएनजीले नेपालको भ्रमण गर्ने तालिका रहेको छ ।

उक्त सिरिजअन्तर्गत नेपालले पहिलो खेल पीएनजीविरुद्ध मार्च ९, दोस्रो खेल युएईविरुद्ध मार्च १२, तेस्रो खेल मार्च १३ मा पीएनजी तथा अन्तिम खेल युएईविरुद्ध मार्च १६ मा खेल्ने छ ।

ती दुई सिरिज अघि नेपालले त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म नामबिया र स्कटल्यान्डसँगको सिरिज खेल्दैछ ।

पछिल्लो तालिका अनुसार नेपालले ३१ दिनभित्रै १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।


Author

थप समाचार
x