क्रिकेट

युएईसँग टी-ट्वान्टी सिरिज खेल्दै अफगानिस्तान

इकागज |
माघ १५, २०७९ आइतबार ९:५१ बजे

काठमाडौँ- अफगानिस्तानले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । फेब्रुअरी १६ देखि अबुधावीमा सुरु हुने सिरिजका लागि अफगानिस्तानले युएईको भ्रमण गर्ने क्रिकइन्फोले जनाएको छ ।

इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले आफगानिस्तानलाई आगामी पाँच वर्षसम्मका लागि क्रिकेट सिरिज आयोजनाका लागि मैदान तथा अन्य सुविधा उपलब्ध गराउने तथा त्यसबापत् अफगानिस्तानले प्रत्येक वर्ष युएईसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।


अफगानिस्तान क्रिकेट बोर्डका सिइओ नसिब खानले युएईसँगको सहकार्यबाट आफूहरू सम्मानित भएको तथा यस सहकार्यलाई लामो समयसम्म लैजाने बताए ।


Author

थप समाचार
x