क्रिकेट

क्रिकेट लिग-२: नेपालले दियो स्कटल्यान्डलाई १३८ रनको लक्ष्य

इकागज |
मंसिर १८, २०७९ आइतवार १६:४१ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ ।

विन्डहक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा सबै विकेट गुमाउँदै केवल १३७ रन जोड्यो ।


नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन तथा ज्ञानेन्द्र मल्लले २५ रन, अर्जून साउदले १८ र रोहित पौडेलले १७ रन जोडे । स्कटल्यान्डका लागि क्रिस सोलले सर्वाधिक ३ विकेट लिए । मार्क वाटले २ विकेट लिए ।

सिरिज अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग एक-एक अंक बाँडेको थियो । स्कटल्यान्डले भने पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको थियो ।

सात टिम सहभागी लिग-२ अन्तर्गत नेपाल २१ खेलबाट जम्मा १८ अंक जोड्दै छैटौं स्थानमा छ । २९ खेल खेलेको स्कटल्यान्डको ४२ अंक छ ।


Author

थप समाचार
x