क्रिकेट

नामिबियाविरुद्ध ब्याटिङमा नेपाल

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १३:७ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा नामिबियाले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।


लिग-२ अन्तर्गत नेपालको यो २१ औँ खेल हो । यसअघि खेलेका २० मध्ये ८ खेलमा जित, ११ खेलमा पराजय तथा एक खेलमा अंक बाडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

यता नामिबियाको भने यो २८ औँ खेल हो । नामिबियाले यसअघि १६ खेलमा जित तथा ११ खेलमा पराजय भोग्दै ३२ अंक जोडेको छ । नामिबिया चौथों स्थानमा छ ।

लिगमा सहभागी ७ टिममध्ये ३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित शीर्षस्थानमा छ भने २९ खेल खेलेको स्कटल्यान्ड ४२ अंकसहित दोस्रो स्थानमा छ । यता ३६ खेल पुरा गरेको अमेरिका ३५ अंकसहित तेस्रो स्थानमा छ ।

२६ खेलबाट २७ अंक जोडेको युएई पाँचौ तथा २८ खेलबाट जम्मा ५ अंक जोडेको पपुवा न्यूगिनी भने पुछारमा छ ।

सहभागी ७ टिममध्ये शीर्ष ३ टिमले विश्वकप छनोटमा स्थान बनाउँदा शीर्ष ५ टिमले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता जोगाउनेछन् ।

यता पुछारका ४ टिमले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नेछन् ।


Author

थप समाचार
x