क्रिकेट

टेस्ट क्रिकेटमा इंग्ल्यान्डको कीर्तिमान

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १३:१ बजे

काठमाडौँ- इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा कैयौँ कीर्तिमान कायम गरेको छ । इंग्ल्यान्डले टेस्ट खेलको पहिलो दिन नै ४ विकेट गुमाएर ५ सय ६ रन जोड्यो ।

टेस्ट क्रिकेटको इतिहासमा पहिलो दिन ५ सय ६ रन बनेको पहिलो अवसर हो । यसअघि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध ६ विकेट गुमाएर ४ सय ९४ रन जोडेको थियो ।


यता पहिलो दिन नै इंग्ल्यान्डका चाख खेलाडी शतक पुरा गरे । टेस्ट खेलको पहिलो दिन नै चार शतक प्रहार भएको यो पहिलो पटक हो । 

ज्याक क्राउली, बेन डक्केट, ओली पोप तथा ह्यारी ब्रुकले शतक पूरा गरे ।


Author

थप समाचार
x