क्रिकेट

भारत र दक्षिण अफ्रिकाबीचको सिरिज आजबाट

इकागज |
असोज १२, २०७९ बुधबार १०:३५ बजे

काठमाडौँ- घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी-ट्वान्टी सिरिज आजबाट सुरु हुँदैछ । भारत र पाहुना टोली दक्षिण अफ्रिकाबीचको पहिलो खेल थिरुभानान्थापुरममा नेपाली समय अनुसार साँझ ७:१५ बजेबाट सुरु हुनेछ ।

सिरिजलाई अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा समेत रहेको छ । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेल आइतबार तथा तेस्रो खेल मंगलबार हुने तालिका रहेको छ ।


टी-ट्वान्टी सिरिजपछि भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।


Author

थप समाचार
x