क्रिकेट

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज भारतलाई

इकागज |
असोज १०, २०७९ सोमबार ८:१ बजे

काठमाडौँ- पाहुना टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । हैदराबादमा आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेल भारतले ६ विकेटले जित्दै सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।

जितका लागि अष्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले निर्धारित २० ओभरको एक बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतलाई जित दिलाउन सुर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको योगदान गरे ।


अष्ट्रेलियाका लागि ड्यानियल साम्सले सर्वाधिक २ तथा जोश ह्याजलउड र प्याट कमिन्सले एक-एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । उसका लागि टिम डेभिडले ५४ तथा क्यामेरोन ग्रिनले ५२ रन जोडे ।

भारतका अक्सर पटेलले सर्वाधिक ३ विकेट हात पारे ।


Author

थप समाचार
x