क्रिकेट

पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई अग्रता

इकागज |
असोज ८, २०७९ शनिवार ९:८ बजे

काठमाडौँ- घरेलु टोली पाकिस्तानविरुद्धको सात खेलको टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता लिएको छ । कराँचीमा शुक्रबार राति भएको तेस्रो खेल इंग्ल्यान्डले ६३ रनले जित्दै सिरिजमा अग्रता लिएको हो ।

इंग्ल्यान्डले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र जोड्न सक्यो । उसका लागि शान मसुदले अविजित ६५ रनको योगदान गरे ।


पाकिस्तानलाई सस्तैमा रोक्न इंग्ल्यान्डका मार्क उडले सर्वाधिक ३ तथा आदिल रसिदले २ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा केवल ३ विकेट गुमाएर २ सय २१ रन जोड्यो । इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले ३५ बलमा अविजित रहँदै ८ चौका र ५ छक्काको मदतमा सर्वाधिक ८१ रन जोडे । बेन डक्केटले ४२ बलमा अविजित रहँदै ७० रनको योगदान गरे ।

पाकिस्तानका लागि उस्मान कदिरले २  तथा मोहमम्द हरसैनले १ विकेट हात पारे ।


Author

थप समाचार
x