क्रिकेट

नवौँ राष्ट्रिय खेलकुदका लागि मधेसको क्रिकेट टिम घोषणा

इकागज |
असोज ७, २०७९ शुक्रबार १५:२१ बजे

काठमाडौँ- गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद सहभागिता जनाउन मधेस प्रदेशले महिला क्रिकेट प्रतियोगिताका लागि टिमको घोषणा गरेको छ ।

मधेस प्रदेशले शुक्रबार कविता गौतमको कप्तानीमा टिमको घोषणा गरिएको मधेस प्रदेश क्रिकेट संघले जनाएको छ ।


टिममा कवितासँगै अनुराधा चौधरी, सवनम खातुन, गोमा आले, साना प्रविण, अलिसा यादव, सरस्वती चौधरी, शान्ति चौधरी, प्रियंका गुप्ता, मधु राउत, सन्तोषी चौधरी, रोजी कडारी, मञ्जु राम र पुष्पा फुयाल रहेका छन् ।

रिजर्भमा तुलसी विक, आरती चौधरी, मोनिका साह र अलि यादव छन् ।

प्रशिक्षकमा सुनिल साह तथा व्यवस्थापकमा शोभाकान्त पाण्डे रहेका छन् ।


Author

थप समाचार
x