क्रिकेट

क्यान र क्रिकएचक्यूबीच तीनवर्षे सम्झौता

इकागज |
भदौ ४, २०७९ शनिवार ११:१ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले न्यूजिल्यान्डको क्रिकएचक्यूसँग तीन वर्षको सम्झौता गरेको छ । नेपालको सबै स्तरमा हुने क्रिकेटको डिजिटलाइजेसन, लाइभ स्कोरिङ तथा स्ट्रिमिङका लागि क्यान र क्रिकएचक्यूबीच सम्झौता भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा शनिबार जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस सम्झौतापछि नेपाली क्रिकेटका खेलहरु जारी रहेकै समयमा भिडियो, स्कोर तथा तथ्यांक उपलब्ध गराइने बताइएको छ । क्रिकएचक्यूले माइ एक्सन रिप्लेको सहयोगमा लाइभ स्कोर, रिपोर्ट, विश्लेषण तथा तथ्यांकहरु उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ ।



Author

थप समाचार
x