क्रिकेट

इन्टरनेसनल लिगः सन्दीप खेल्ने भाइपर्स टिममा को को छन् ?

इकागज |
भदौ ४, २०७९ शनिबार १०:४२ बजे

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने इन्टरनेसनल लिग टी-ट्वान्टीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । शुक्रबार नै भाइपर्सले लेग स्पिनर लामिछानेलाई अनुबन्ध गरिएको सामाजिक सञ्जालबाट जानकारी गराएको थियो ।

भाइपर्सले १३ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । टिममा सन्दीपसँगै श्रीलंकाका स्पिनर वानिन्डु हसरंगा, पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान अजाम खान, इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान साम विलिङ्स, इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स हेल्स, इंग्ल्यान्डका अलराउन्डर टम कुरान तथा न्यूजिल्यान्डका ब्याट्सम्यान कोलिन मुन्रो पनि रहेका छन् ।


यसका साथै इंग्ल्यान्डकै फास्टबलर सकिव महमुद, वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफाने रुथरफोर्ड, इंग्ल्यान्डकf विकेटकिपर ब्याट्सम्यान बेन डकेट, इंग्ल्यान्डकै अलराउन्डर बेन्नी हावेल, वेस्ट इन्डिजका बलर सेल्डन कट्रेल र नामिवियाका बलर रुवेन ट्रम्पेलम्यान पनि भाइपर्समै रहेका छन् ।

इंग्ल्यान्डका पूर्व क्रिकेट जेम्स फोस्टर भाइपर्सका मुख्य प्रशिक्षक हुन् ।

६ टिमको सहभागिता रहने लिग जनवरी ६ देखि फेब्रुअरी १२ तारिखसम्म हुने इमिरेट्स क्रिकेट बोर्ड जनाएको छ ।


Author

थप समाचार
x