क्रिकेट

न्यूजिल्यान्डमा जातीय विभेदको सिकार भएको टेलरको खुलासा

इकागज |
साउन २६, २०७९ बिहीबार १४:५२ बजे

काठमाडौँ- न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान रोस टेलरले न्यूजिल्यान्ड क्रिकेटमा आफू जातीय विभेदको सिकार भएको खुलासा गरेका छन् । टेलरले आफ्नो आत्मकथा ‘ब्ल्याक एन्ड ह्वाइट’ मा आफूसँगै अन्य खेलाडीले जातीय विभेदको सामना गर्नुपरेका खुलासा गरेको क्रिकबजले जनाएको छ । 

टेलरले न्यूजिल्यान्डको क्रिकेट स्वेतहरुको भएको दावी समेत गरे । उनले आफ्नो खैरो अनुसार न्यूजिल्यान्ड क्रिकेटका लागि फरक भएको तथा यसका कैयौ चुनौतीहरु संगै खेलेकाहरु तथा सर्वसाधारणका लागि नदेखिएको बताए । 


तर टेलरले क्रिकेटमा पोलिनेसियन समुदायका मानिसहरु प्रतिनिधित्व अल्पमतमा रहेको तथा आफूलाई कतिपयले माओरी अथवा भारतीय भएको सोच्ने गरेको जनाए । 

टेलरले भने टिम भित्रैका खेलाडीहरुले जातीयता देखिने भावको कुराकानी गर्ने गरेको खुलासा गरे । 

१६ वर्ष क्रिकेट खेलेका टेलरले गत अप्रिलमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका टेलरले १ सय १२ टेष्ट, २ सय ३६ एकदिवसीय तथा १ सय २ टी-ट्वान्टी खेलेका थिए । 
 


Author

थप समाचार
x