क्रिकेट

अष्ट्रेलियन क्रिकेटरले पुरस्कार राशि श्रीलंकन बालबालिकालाई दान गर्ने

इकागज |
साउन २६, २०७९ बिहीबार १३:५५ बजे

काठमाडौँ- अष्ट्रेलियाको पुरुष खेलाडीहरूले श्रीलंका भ्रमणका क्रममा प्राप्त गरेको पुरस्कार रकम श्रीलंकाको आर्थिक संकटबाट प्रभावित बालबालिका र परिवारलाई सहयोगका लागि दान गर्ने भएका छन् ।

युनेसेफ अष्ट्रेलियाका सदभावनादूत रहेका समेत रहेका अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र आरोन फिन्चको अगुवाइमा टिमले श्रीलंका अपिल नामक संस्थालाई ४५ हजार अष्ट्रेलियन डलर दान गर्ने भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।


अष्ट्रेलियाले जुन र जुलाईमा क्रिकेट सिरिजका लागि श्रीलंकाको भ्रमण गरेको थियो । सो क्रममा उनीहरूले आर्थिक संकटले निम्त्याएको अवस्था प्रत्यक्ष देखेका थिए ।

उक्त रकम युनिसेफको श्रीलंकामा बालबालिकाका लागि पोषण, स्वास्थ्य, सुरक्षित खानेपानी, शिक्षा तथा मानसिक स्वास्थ्यका लागि गरिने कार्यक्रममा खर्च हुनेछ ।

अष्ट्रेलिया र श्रीलंकाबीच ३ खेलको टी-ट्वान्टी, ५ खेलको एकदिवसीय तथा २ खेलको टेष्ट सिरिज भएको थियो ।


Author

थप समाचार
x