क्रिकेट

नामिवियाले ग्लोबल टी-ट्वान्टी आयोजना गर्दै

इकागज |
साउन २६, २०७९ बिहिवार १२:४८ बजे

काठमाडौँ- नामिवियाले ग्लोबल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता गर्ने भएको छ । सेप्टेम्बर १ देखि ९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा पाकिस्तानको लाहोर क्लन्दर्स, दक्षिण अफ्रिकाको डीपी वल्ड लायन्स तथा नामिवियाको रिचेलिउ इगल्सको सहभागिता रहने क्रिकेट नामिवियाले जनाएको छ ।

सहभागी टिमले एकअर्काविरुद्ध दुई पटक खेल्दै शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगितालाई अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा समेत रहेको छ ।


टी-ट्वान्टी प्रतियोगितापछि इगल्सले क्लन्दर्ससँग ५० ओभरको दुई खेल खेल्ने तालिका समेत रहेको छ ।


Author

थप समाचार
x