क्रिकेट

न्यूजिल्यान्डसँगको सम्झौताबाट अल्लगिए बोल्ट

इकागज |
साउन २५, २०७९ बुधवार १२:४६ बजे

काठमाडौँ- परिवारसँग समय बिताउन तथा फ्रेन्चाइज्ड लिगहरु खेल्न दिनका लागि न्यूजिल्यान्डले आफ्ना बलर ट्रेन्ट बोल्टलाई सम्झौताबाट हटाएको छ । ​न्यूजिल्यान्डको क्रिकेट बोर्डले एकदिवसीय अन्तर्राष्ट्रियका विश्व नम्बर एक बलर बोल्टको राष्ट्रिय टिमको जिम्मेवारी धेरै कम गरिएको जनाएको छ ।

३३ वर्षीय बोल्टले ७८ टेष्ट खेलमा ३ सय १७ विकेट तथा ९३ एकदिवसीयमा १ सय ६९ विकेट हात पारेका छन् । उनले ४४ टी-ट्वान्टी खेलबाट ६२ विकेट समेत लिएका छन् ।


बोल्टले निकै कठिन निर्णय भएपनि अगाडी बढ्नका लागि सही समय भएको बताए । उनले यो निर्णय आफ्ना परिवारका लागि भएको जनाए ।


Author

थप समाचार
x