क्रिकेट

युएईको लिगमा अष्ट्रेलियन खेलाडी भित्र्याउन ठूलो रकमको प्रस्ताव

इकागज |
साउन २०, २०७९ शुक्रवार १३:१२ बजे

काठमाडौँ– युएईमा आयोजना हुने इन्टरनेसनल लिग टी-ट्वान्टीमा खेलाउनका लागि अष्ट्रेलियाका कम्तिमा १५ खेलाडीलाई ठूलो रकम खर्चिने भएको छ । अष्ट्रेलियाका नाम चलेका कम्तिमा १५ खेलाडीलाई भित्र्याउन जनही कम्तिमा ७ लाख अष्ट्रेलियन डलर (४ लाख ८८ हजार डलर) सम्म खर्चिने सिड्नी हेराल्डले श्रोतलाई उदृत गर्दै लेखेको छ ।

समाचारमा जनाइए अनुसार बिग बाँस लिग (बीबीएल) खेल्नबाट रोक्न उनीहरुलाई ठूलो रकम प्रस्ताव गरिएको हो । बीबीएल आगामी डिसेम्बर १३ देखि फेब्रुअरी ४ देखि आयोजना हुँदैछ भने युएईको लिग भने जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुने तालिका रहेको छ ।


बीबीएलका लागि अष्ट्रेलियाका डेभिड वार्नरसहित कैयौं खेलाडीको सम्झौता भएको छैन र उनीहरुले युएईको लिग खेल्ने सम्भावना बलियो रहेको छ ।

तर क्रिकेट अष्ट्रेलिया र अष्ट्रेलियन क्रिकेटर्स एसोसियसनले उनीहरुलाई बीबीएल खेलाउनका लागि प्रयास गरिरहेका छन् ।


Author

थप समाचार
x