क्रिकेट

भारत-इंग्ल्यान्डबीचको खेलका क्रममा भारतीय समर्थकमाथि दुर्व्यवहार

इकागज |
असार २१, २०७९ मंगलबार १३:८ बजे

काठमाडौँ – पाहुना टोली भारत र इंग्ल्यान्डबीच जारी पाँचौँ टेष्ट क्रिकेट खेलका क्रममा एजबास्टन मैदानमा भारतीय समर्थकमाथि रंगभेदी दुर्व्यवहार भएको विषयमा छानविन सुरु भएको छ । 

इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) र वार्विकसायर काउन्टी क्रिकेट क्लबले उक्त विषयमा छानविन सुरु भएको जनाएको हो । 


खेलका क्रममा चौथों दिन आफूहरुमाथि इंग्ल्यान्डका समर्थकले दुर्व्यवहार गरेको भारतीय समर्थकहरुले आरोप लगाएका थिए साथै उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा समेत यसबारे लेखेका थिए । 

इसीबीले दुर्व्यवहारको घटनाबारे गम्भिर रहेको जनाउँदै क्रिकेटमा दुर्व्यवहारको कुनै स्थान नरहेको उल्लेख गरेको छ । 

भारतविरुद्ध ३ सय ७८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितका लागि १ सय १९ रनको आवश्यकता रहेको छ । 
 


Author

थप समाचार
x