क्रिकेट

कप्तान सन्दीपको ट्वीटको चर्चा किन भइरहेको छ ?

इकागज |
असार १८, २०७९ शनिवार ११:१३ बजे

काठमाडौँ – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम अहिले क्यानाडा भ्रमणमा रहेको छ । नेपालले क्यानाडाको ओन्टारियो क्लबविरुद्धको पहिलो खेल समेत शुक्रबार राति जितेको थियो । 

नेपालले जुलाई ४ र ५ मा घरेलु टोली क्यानाडाविरुद्ध दुई खेलको एकदिवसीय सिरिज समेत खेल्दैछ । क्यानाडाको भ्रमण सकेर नेपाली टिम स्कटल्यान्ड प्रस्थान गर्नेछ ।


स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । 

सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिवियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।  

तर क्यानाडा र स्कटल्यान्डको सिरिज अघि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शनिबार सामाजिक सञ्जाल ट्वीटरमा गम्भिर ट्वीट गरेका छन् ।

सन्दीपले शून्य सहयोग लेख्दै प्रश्न वाचक चिन्ह प्रयोग गरेका छन् । त्यसपछि उनले थपेका छन् कि यो लडाई एक्लैले लड्नुपर्छ ।

यो समाचार तयार पार्दासम्म उनको ट्वीट ३७ पटकसम्म शेयर हुनुका साथै ७० कमेन्ट र ४ सय ८९ पटक विभिन्न प्रतिक्रिया दिइएको छ ।

यसबारे सोधिएको प्रश्नहरुमा भने उनले उत्तर अहिलेसम्म दिएका छैनन् जसका कारण उनले यो ट्वीट कोप्रति लक्षित छ भनेर खुल्न सकेको छैन ।


 


Author

थप समाचार
x