क्रिकेट

श्रीलंकाविरुद्ध अष्ट्रेलियाको जित, ५ रनको लक्ष्य पूरा

इकागज |
असार १७, २०७९ शुक्रबार १४:३३ बजे

काठमाडौँ – अष्ट्रेलियाले घरेलु टोली श्रीलंकाविरुद्धको २ खेलको टेष्ट सिरिजमा १-० को अग्रता लिएको छ । तीन दिनमै टुंगिएको पहिलो टेष्ट अष्ट्रेलियाले १० विकेटले जित्दै सिरिजमा अग्रता बनाएको हो । 

जितका लागि चाहिएको ५ रन अष्ट्रेलियाले कुनै पनि विकेट नगुमाइ पुरा गर्‍यो । 


टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो इनिङ्समा २ सय २१ रन जोड्दा जवाफमा अष्ट्रेलियाले ३ सय २१ रनमा अलआउट भएको थियो । तर दोस्रो इनिङसमा श्रीलंका १ सय १३ रनमै समेटिएपछि अष्ट्रेलियाले ५ रनको लक्ष्य पाएको थियो । 

पहिलो इनिङ्समा श्रीलंकाका लागि निरोशन डिकवेलाले सर्वाधिक ५८ रन जोडे । अष्ट्रेलियाका लागि नथन लायनले सर्वाधिक ५ तथा मिचेल स्वेप्सनले ३ विकेट हात पारे। 

अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा क्यामेरुन ग्रिनले ७७ रन तथा उसमान खवाजाले ७१ रन जोडे । श्रीलंकाका लागि रमेश मेन्डिसले सर्वाधिक ४ विकेट हात पारे । 

दोस्रो इनिङ्समा भने श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले सर्वाधिक २३ रन बनाए । अष्ट्रेलियाका लागि नथन लायन र ट्राभिस हेडले समान ४-४ विकेट हात पारे। 
 


Author

थप समाचार
x