क्रिकेट

नरेश बुढाएरको क्लबविरुद्ध खेल्दै नेपाली क्रिकेट टिम

इकागज |
असार १७, २०७९ शुक्रबार १०:१५ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा रहेको क्यानेडियन क्लब ओन्टारियोविरुद्ध अभ्यास खेल खेल्दैछ । 

क्यानाडाविरुद्धको दुई खेलको एकदिवसीय सिरिज अघि नेपालले क्यानेडियन क्लबविरुद्ध अभ्यास खेल खेल्न लागेको हो । नेपाल र ओन्टारियोबीचको खेल नेपाली समय अनसार राति ८:४५ बजे सुरु हुनेछ ।


अभ्यास खेलपछि नेपालले क्यानाडाविरुद्ध जुलाई ४ र ५ मा एकदिवसीय सिरिजका खेल हुनेछन् । 

स्कटल्यान्डमा जुलाई १० बाट हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारीका लागि नेपाली टिम क्यानाडा पुगेको हो । 

लिग-२ अन्तर्गत नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्धको त्रिकोणात्मक सिरिज खेल्ने छ । सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिवियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिवियाविरुद्ध जुलाई १६ तथा अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । 
 


Author

थप समाचार
x