क्रिकेट

न्यूजिल्यान्डले भारत, इंगल्यान्ड र श्रीलंकासँग क्रिकेट सिरिज खेल्ने

इकागज |
असार १४, २०७९ मगलवार १२:२० बजे

काठमाडौँ – न्यूजिल्यान्डले घरेलु मैदानमा भारत, इंगल्यान्ड र श्रीलंकाविरुद्ध क्रिकेट सिरिज खेल्ने भएको छ । भारतले टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि न्यूजिल्यान्डको भ्रमण गर्ने छ ।

अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपपछि भारतले न्यूजिल्यान्डविरुद्ध ३ खेलको टी-ट्वान्टी र समान ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । नोभेम्बर १८, २० र २२ मा टी-ट्वान्टी खेल हुने तालिका रहेको छ । त्यसैगरी, नोभेम्बर २५, २७ र ३० एकदिवसीय सिरिजका खेलहरु हुनेछन् ।


भारतपछि न्यूजिल्यान्डले घरेलु मैदानमै इंगल्यान्डविरुद्ध फेब्रुअरीमा दुई खेलको टेष्ट सिरिज, मार्चमा श्रीलंकाविरुद्ध दुई खेलको टेष्ट, तीन खेलको एकदिवसीय र समान तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छ ।


Author

थप समाचार
x