क्रिकेट

क्यानाडा र स्कटल्यान्ड भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा

इकागज |
असार १२, २०७९ आइतवार ११:२ बजे

काठमाडौँ – क्यानाडा भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिमले घरेलु टोली क्यानाडाविरुद्ध जुलाई ४ र जुलाई ५ मा दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसीय सिरिज अघि नेपाल र क्यानाडाको ओन्टारियो क्लबबीच अभ्यास खेल हुनेछ ।


आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड जानु अघि तयारीका लागि नेपाली टिम क्यानाडाको भ्रमणामा जान लागेको हो ।

स्कटल्यान्डमा नेपालले स्कटल्यान्ड र नामिवियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।


Author

थप समाचार
x