क्रिकेट

क्यानाडासँग टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्दै नेपाली क्रिकेट टिम

सञ्जीव शाह |
जेठ २८, २०७९ शनिवार १४:४८ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाको भ्रमण गर्ने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जानु अघि नेपाली टिम क्यानाडाको भ्रमण गर्ने नेपाल क्रिकेट संघ (क्यान) स्राेतले इकागजलाई जानकारी दिएकाे छ । 

स्राेतका अनुसार क्यानाडा भ्रमणका क्रममा नेपालले क्यानाडासँग ३ खेलको टी-ट्वान्टी तथा समान ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । 


यस अघि लिग-२ अन्तर्गतको अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नै क्यानाडा जाने योजना बनाएको थियो तर अमेरिकाको भिसा प्रकृयामै लामो समय लागेको थियो जसका कारण नेपालको क्यानाडा भ्रमण सफल हुन सकेन् ।

तर स्कटल्यान्ड भ्रमण अघि नेपाली टिम जुन २४ वा २५ तारिखमा क्यानाडाको भ्रमण गर्ने भएको छ । उक्त भ्रमण स्कटल्यान्डमा हुने सिरिजको तयारीको रुपमा रहनेछ । 

स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिज घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिवियाबीच हुनेछ । उक्त सिरिज जुलाई १० बाट सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुलाई ११ मा नामिवियाविरुद्ध खेल्नेछ । 


 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x