क्रिकेट

युगाण्डाविरुद्ध नेपालको पहिलो जित

इकागज |
जेठ ६, २०७९ शुक्रवार १७:६ बजे

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले युगाण्डाबिरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित हात पारेको छ । यस अघि सुरुवाती ३ खेलमा पराजय भोग्दै सिरिज गुमाइसकेको नेपालले चौंथो खेलमा युगाण्डालाई १५ रनले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउदै केवल ८२ रन जोड्न सक्यो । युगाण्डाका लागि जानेट मबाबाजीले सर्वाधिक २१ रन जोडिन् । रिता न्याङगेन्डो र इभेलिन एनीपोले समान १६ रनको योगदान गरे ।


नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेकी हिरानमायी रोयले सर्वाधिक २ विकेट हात पारिन् । कविता कुँवर, अस्मिना कर्माचार्य र कप्तान रुविना क्षेत्रीले १-१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १७ ओभर ५ बलमा अलआउट हुँदै ९७ रनमा सिमित भयो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन, बिन्दु रावलले १६ तथा सिता राना मगरले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युगाण्डाका लागि कोन्सी अवेकोले सर्वाधिक ३ तथा साराह अकिटेङले २ विकेट हात पारे । फियाना कुलुमे र जानेट मबाबाजीले १-१ विकेट लिए ।


Author

थप समाचार
x