कोभिड-१९

विश्व स्वास्थ्य संगठन नेपालको प्रष्टिकरण

'ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता छैन'

इकागज |
माघ १२, २०७८ बुधबार १६:२६ बजे

काठमाडाैँ – नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नरहेकाे जनाएकाे छ ।केहि दिनअघि नेपाली सञ्चार माध्यममा ओमिक्रोनलाई जाेडेर आएकाे समाचारमा कुनै सत्यता नरहेकाे नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले जनाएकाे हाे ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताए ।


खोप नलगाएका तथा खोप लगाएका वा दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेकाे जानकारी दिए । उनले भने, 'भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने तथा संक्रामक हुने सम्भावना रहन्छ।'

अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्ने बताए। डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भुमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताए। खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन उनले आग्रह गरे।


Author

थप समाचार
x