कोभिड-१९

नेपालमा चार जना कोभिड संक्रमित थपिए

इकागज |
जेठ १८, २०८० बिहीबार १७:४० बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् । सोही समयमा चार जना संक्रमण मुक्त भएका छन् ।


दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।


Author

थप समाचार
x