कोभिड-१९

थप १७ जनामा कोरोना संक्रमण

इकागज |
बैशाख २२, २०८० शुक्रवार २०:३१ बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ५७ जना संक्रमण मुक्त भएका छन् । आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ६२ रहेको छ । अहिले १२ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ हजार छ सय नौ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x