कोभिड-१९

काेभिड-१९ बाट आज फेरि एककाे मृत्यु, १२१ संक्रमित थपिए

इकागज |
चैत २९, २०७९ बुधबार १६:५३ बजे

काठमाडौं- नेपालमा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप एक संक्रमितको ज्यान गएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। 


त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । 


Author

थप समाचार
x