कोभिड-१९

थप तीन जना कोभिड संक्रमित

इकागज |
फागुन ३, २०७९ बुधवार १७:२६ बजे

फाइल फोटो

काठमाडौँ  -  पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । 

२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । 


पछिल्लो २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् ।  ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप एक हजार २०२ जनाले लगाएका छन् ।


Author

थप समाचार
x