कोभिड-१९

थप तीनमा कोभिड संक्रमण, १५ जना निको

इकागज |
मंसिर ३, २०७९ शनिबार १६:३० बजे

काठमाडौँ- नेपालमा गत २४ घण्टामा तीन जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।​

देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् ।


हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।


Author

थप समाचार
x