कोभिड-१९

थप ३८ जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
असोज १२, २०७९ बुधबार १७:२८ बजे

काठमाडौँ- नेपालमा थप ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार २ सय ८४ पिसिआर परीक्षणका क्रममा ३१ जना र १ हजार ५ सय ३४ एन्टिजेन परीक्षणका क्रममा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ५२ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय २२ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । 


Author

थप समाचार
x