कोभिड-१९

थप ५४ जनामा कोभिड संक्रमण

इकागज |
असोज ११, २०७९ मंगलबार १६:२८ बजे

काठमाडौँ- नेपालमा थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका क्रममा ४२ जना र २ हजार १ सय एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x