कोभिड-१९

नेपालमा थपिए ५१ जना कोभिड संक्रमित

इकागज |
असोज ९, २०७९ आइतबार १७:३९ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।


आज थपिएका सँगै देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् । आज एक सय जना संक्रमण मुक्त भएका छन् । आज कसैको पनि मृत्यु भएको छैन ।


Author

थप समाचार
x