कोभिड-१९

थप ७४ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
असोज ८, २०७९ शनिवार १५:४१ बजे

काठमाडौँ- नेपालमा थप ७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार २ सय ३४ पिसिआर परीक्षणका क्रममा २९ जना र २ हजार ८ सय ९२ एन्टिजन परीक्षणका क्रममा ४५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय १६ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार २ सय ८३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x