कोभिड-१९

थप ६ सय ६० जनामा कोभिड संक्रमण, एकको मृत्यु

इकागज |
साउन २१, २०७९ शनिबार १६:५२ बजे

काठमाडौँ- नेपालमा थप ६ सय ६० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ४२ पिसिआर परीक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टिजेन परीक्षणका क्रममा ३ सय ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । त्यस्तै कोभिडबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


हालसम्म कोभिडका कारण ११ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x