कोभिड-१९

थप ५० जनामा कोभिड-१९ संक्रमण

इकागज |
असार १७, २०७९ शुक्रबार १६:१४ बजे

नेपालमा थप ५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परीक्षणका क्रममा १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् । हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x