कोभिड-१९

थप ५५ जनामा कोभिड संक्रमण

इकागज |
असार १६, २०७९ बिहिवार १६:३५ बजे

काठमाडौँ- नेपालमा थप ५५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टिजेन परीक्षणका क्रममा १९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १७ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x